About us

गणतान्त्रिक सपर्क म~ाच समन्वय समिति नेपालको आधारभुत निती तथा कार्यत्रम
प्रश्तापनाः
राजधानी बाहिरका ७२ वटै जिल्लाहरुबाट राजधानीमा स्थायी र अस्थायी रुपमा बसोबास गर्ने विभिन्न तह क्षेत्र पेशा र व्यवसायहरुमा कि्रयाशील अग्रगमन पक्षधर सचेत जागरुप र संघर्षशिल देशभक्त लोकतान्त्रिक गणतन्त्रवादी जनसमुदायहरुले २०६२/६३को ऐतिहासिक जनआन्दोलनमा सकि्रय रुपमा महत्वपुर्ण भुमिका खेल्यो । महान् जनयुद्धको जग्गमा उठेको २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलन विकासको वस्तुगत परिस्थितिबाट गणतान्त्रिक सम्पर्क माचहरुकॊ निर्माण बिकास र विस्तारको प्रकिया सुरुवात भयो । ऐतिहासिक जनयुद्ध र जनआन्दोलनबाट प्रशिक्षित भएका शहरमा केन्द्रित गणतन्त्रवादी जनसमुदायको शक्तिलाइ संगठितगरी एकिकृत र केन्द्रीकृत रुपमा संगठन र संघर्षमा परिचालन गरी संविधान सभाको चुनावको सफलता २४० बर्षको पुरानो सामन्ती राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नका लागी ने।s।पा।माओवादीको नेतृत्वमा भएका संघर्षहरुमा गणतान्त्रिक सम्पर्क माचहरुले सकि्रय भुमिका पुरा गर्दै आएको छ । सामन्तवाद साम्राज्यवाद र विस्थारवाद विरोधि सम्पूर्ण क्षेत्र पेशा व्यवसायहरुमा कि्रयाशील तह तप्का र क्षेत्र भित्रका राष्ट्रवादी जनवादी लोकतान्त्रिक वामपन्थि कम्युनिष्टहरुको साझा संस्था का रुपमा गणतान्त्रिक सम्पर्क माच विकसित हुदै आएको छ ।
१ गणतान्त्रिक सम्पर्क माच समन्वय समिति विकासको पि्रष्टभुिम
गणतान्त्रिक सम्पर्क माचले माक्स्रवाद लेनिनवाद माओवाद र विचारधारालाई २१ औं शताब्दीको सर्वहारा क्रान्तिको अपराजित बैचारिक हतियारकारुपमा आत्मसाथ गर्दै आएको छ । । यहि विचारका आधारमा नेपालीक्रान्ति आफ्नै मौलिकता भव्यता र सफलताहरुको असंख्यौं शिखरहरु चुम्दै अन्तिम विजका लागि अगाडी बढीरहेको छ । एकता संघर्ष रुपान्तरण मुख्यत रुपान्तरणको द्वन्द्ववादको सहिविधि प्रयोगद्वारा दायाँ बिचलन र वायाँँ बिचलनहरुबाट बँच्दै क्रान्तिकारी विचारलाइ मौलिक सिद्धान्तको जग्गमा उठाउन एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी सफल हुदै आएकोछ । विचारधारात्मक वैचारिक राजनीतिक प्रष्टताका साथ राष्ट्रियताको संरक्षण राष्ट्रिय स्वधिनताको रक्षा र जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रको कार्यदिशा कार्यन्वयन अहिले सबैभन्दा वैज्ञानीक छ । जनातको यो अग्रगामि कार्यनीतिमा अवरोध खडागर्न खोज्ने सबैखाले प्रतिगामी र यथास्थितिवादी सोच चिन्तन प्रवृति संस्कार शैलीको बिरुद्ध गणतान्त्रिक सम्पर्क माच समन्वय समितिले विचार धारात्मक संघर्षलाइ प्रमुख बनाउदै आएकोछ र आगामि दिनहरुमा पनी उपरोक्त चिन्तन प्रबृती र संस्कार शैलिका बिरुद्धको विचार संघर्ष उत्तीकै महत्वपुर्ण हुन आउछ । सच्चा राष्ट्रवादी र गणतन्त्रका पक्षधर जनसमुदाय हरुको बिचमा भेला प्रशिक्षण अन्तरकि्रया र विचार गोष्ठी को माध्यमबाट राष्ट्रिय स्वाधिनता र जनमुखी संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास का लागि विचार धारात्मक रुपले व्यापक जनआधारको सृष्ठि गर्दै गणतान्त्रिक सम्पर्क माच यहाँ सम्म आउन सफल भएको छ । गणतान्त्रिक सम्पर्क माच समन्वय समिति एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीले अगाडी सारेको जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रको कार्यनीतिक कार्यदिशामा दृढप्रतिवद्धका साथ अगाडि बढ्नेछ ।
सांगठानिक निति निर्देशनका हिसाबलॆ गणतान्त्रिक सम्पर्क माच समन्वय समिति एकीकृत ने।s।पा।माओबादी नेवाः राज्य समिति मताहतमा रहेको पार्टी सम्पर्क जिल्ला संगठन समितिले गर्दै आएको छ ।
जिल्ला गणतान्त्रिक सम्पर्क माचहरुको समन्वायात्मक तथा नेतृत्वको भुमिका गणतान्त्रिक सम्पर्क माच समन्वय समितिले गर्दै आएको छ । ७२ वटै जिल्लाहरुमा गणतान्त्रिक सम्पर्क माच समन्वय समिति मताहतमा जिल्ला निर्वाचन क्षेत्र गाउँ र वडा सम्पर्क माचहरुको संगठन निर्माण र विस्तार हँुदै गइरहेकोछ ।
सांगठानिक रुपमा समस्या सम्भावना र चुनौति का हिसाबले गणतान्त्रिक सम्पर्क माच स्वभावगत तथा चरित्रगत रुपमा व्यवसाहिक र सांगठानिक नितिगत परिचालनका दृष्टीले शहर मुखी प्रकारको रहेकोछ भने भावनात्मक रुपले गाउँमुखी प्रकारकोछ । अहिले सम्मको सम्पर्क माच परिचालनको अनुभबमा अहिलेको वर्ग संघर्षको चरित्र अनुसार जनआन्दोलन हरुमा शहर केन्द्रित र निर्वाचनहरुका बेला गाँउ केन्द्रित हुदै आएकोछ । यो बिशेषतालाइ बुझ्ने प्रश्नमा कतिपय परिस्थितिहरुमा देखिने संगठनात्मक अस्वस्थता संकृर्णता अराजकता बहुकेन्द्रवादी सोच र व्यक्तीवादी परिचलनका समस्याहरु पनि देखिने गरेकोछ । संगठनात्मक रुपले सही नीती र सही विधिका आधारमा समग्र बुझाइमा एकरुपता कायम गरी उपरोक्त समस्याको हल गरिनु पर्दछ ।
सम्भावना र चुनौतिका हिसाबले एमाले कांग्रेस लगायतका अन्य पार्टी संघसंस्था भित्रका सच्चा राष्ट्रवादी जनवादी कम्युनिष्ट गणतन्त्रवादी कार्यकर्ता र जनसमुदायहरुको आकषर्णको केन्द्र एकीकृत ने।s।पा माओबादी बनेको छ । गणतान्त्रिक सम्पर्क माचको संगठन विस्तारको लागी अहिले ब्यापक आधार भुमी बन्दै गएको छ ।
सान्ति प्रकि्रया लाइ अवरोध पार्दै देशलाइ पक्षगमनतिर धकेल्ने देशी बिदेशी प्रतिगामी यथास्थितिवादी तत्वहरुको षड्यन्त्रका बिरुद्ध ने।s।पा।माओवादी को नेतृत्वमा सडकमा जनदवाव निरन्तर बनाइ रहनका लागी विगतमा जन प्रर्दसन र जनपरिचालनका कार्यक्रमहरुमा गणतान्त्रिक सम्पर्क माचको भुमिका निकै महत्वपुर्ण रहन गयो । गणतान्त्रिक हस्ताक्षर अभियान बालुवाटारमा धर्ना साङ्गले जुलुस द्वारा सिहंदरबार घेराउका कार्यक्रमहरु पर्चा पम्पेल्ट व्यानर झन्डा कार्टून पर्दशन बिरोध सभा जुलुसर् याली लगायतका जनपरिचालका कार्यक्रमहरुमा गणतान्त्रिक सम्पर्क माचको भुमिका उल्लेखनिय रहदै आएको छ । रचनात्मक कार्यक्रमका हिसाबले गणतान्त्रिक सम्पर्क माचको आयोजनामा माचका कार्यकर्ताहरु बाट रक्तदान कार्यक्रम गर्नुका साथै नेवा राज्य समितिको निणय अनुसार थ्ऋी को नेतृत्वमा उपत्यका सरसफाइ अभियान वृक्षारोपण तथा हरियाली अभियान ट्राप्रुीक जाम हटाउने अभियान लगायतका कार्यक्रमहरुमा गणतान्त्रिक सम्पर्क माचको सकि्रय सहभागिता रयो ।
विगत ऐतिहासीक संविधान सभाको निर्वाचनमा गणतान्त्रिक सम्पर्क माच समन्वय समितिले खेलेको भुमिका सबै जिल्ला हरुमा महत्वपुर्ण रहेको छ । राजधानी बाहिरका विभिन्न जिल्लाहरुबाट राजधानीमा आई स्थायी र अस्थायी रुपमा बसोबास गर्ने माचका संगठीत जनशक्तीले जिल्ला र गाउँमा फर्केर संविधान सभाको निर्वाचनमा खेलेको भुमिका बाट गाउँका गणतन्त्रवादी जनसमुदायहरु मा सकारत्मक प्रभाब पायो । समग्रमा ने।s।पा।माओवादी पार्टीलाइ बिजय गराउका लागी सम्पर्क माचको महत्वपुर्ण भुमिका रयो ।
२ आगामि निति तथा कार्यक्रम
गणतान्त्रिक सम्पर्क माच समन्वय समितिले एकिकृत नेपाल कम्युष्टि पार्टी माओवादीको निती योजना र कार्यक्रमलाई मुल आधार मानेर राष्ट्रियता जनतन्त्र जनजिविका आर्थिक साँस्कृतिक शान्ति र विकासका पक्षमा रचनात्मक रुपमा जनपरिचालनका कार्यक्रमहरु तय गरि लागु गर्नेछ ।
दश बर्षको महान् जनयुद्ध १९ दिने ऐतिहासिक जनआन्दोलनशान्तिवार्ता र कुटनैतिक पहलको समायोजन वाट २४० बर्ष पुरानो सामन्ति राजतन्त्रको अन्त संविधान सभाको निर्वाचन संघिय लोकतान्त्रिक गणतन्त्रको घोषण र एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा सरकारको गठन प्रकि्रया सम्मको राजनैतिक उपलब्द्धीहरुको रक्षा गर्दै जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र प्राप्तिका लागि आन्दोलन रहत् रहनु गणतान्त्रिक सम्पर्क माच समन्वय समिति को आगमि दिशा हुनेछ । राष्ट्रिय स्वाधिनता नागरिक सर्वोचता जनसंबिधान निर्माण राज्यको पुनर संरचना सेना समायोजनसहितको शान्ति र विकाशको लागि संघर्ष गर्नु सम्पर्क माचको प्रमुख कार्यभार हुने छ ।
३े संगठनात्मक संरचना
क क गणतान्त्रिक सम्पर्क माच समन्वय समिति नेपाल
ख गणतान्त्रिक सम्पर्क माच राज्य समिित
ग गणतान्त्रिक सम्पर्क माच जिल्ला समिित
घ गणतान्त्रिक सम्पर्क माच निर्वाचन क्षेत्रिय समिित
ङ गणतान्त्रिक सम्पर्क माच नगर÷गाउँ र वडा समिित
४ झण्डाः नयाँ नेपाल को नक्सा भित्र हसिया हतौंडा अंकीत हुनेछ ।
६ छापः अन्डा आकारको गोलाई भित्र बिचमा नयाँ नेपालको नङ्गसा माथिको भागमा गणतान्त्रिक सम्पर्क माच र तलको भागमा समन्वय समिति नेपाल २०६५ र दुवैसाइटमा पाचँकुने तारा रहनेछ ।
५ गणतान्त्रिक सम्पर्क माच समन्वय समिति नेपालको सदस्यता
क साधारण सदस्य गणतान्त्रिक सम्पर्क माच समन्वय समिति नेपालको ७२ जिल्लामा एउटै प्रकारको सदस्यता एकरुपताका साथ लागु गरिनेछ ।
ख संगठित सदस्य समन्वय समिति राज्य जिल्ला निर्वाचन क्षेत्र नगर÷गाउँ र वडा गणतान्त्रिक सम्पर्क माचमा संगठित सदस्यहरु लाई मानिने छ ।
ग सदस्यताको अवधि २ वर्षको रहनेछ । दुई वर्ष भित्रमा सदस्यता नविकरण गरि सक्नु पर्दछ।
६ संगठन परिचालन वििध
क जनवादी केन्द्रियताको सिद्धान्तका आधारमा हुनेछ जस अनुरुप व्यक्ती संगठनको अधिनश्त अल्पमत बहुमतको अधिनस्त तल्ला समिति माथिल्ला समितिको अधिनस्त सबैतल्ला समितिहरु गणतान्त्रिक सम्पर्क माच समन्वय समिति नेपाल अधिनस्त हुनेछ र गणतान्त्रिक सम्पर्क माच समन्वय समिति नेपालको सर्वोच अंङ्ग राष्ट्रिय भेला हुनेछ ।
ख भेला
गणतान्त्रिक सम्पर्क माच समन्वय समिति नेपालको राष्ट्रिय भेला सामन्यत २-२ बर्षमा र सोभन्दा तल राज्य जिल्ला निर्वाचन क्षेत्र र गाँउको भेला १-१ बर्षमा गरिनु पर्दछ प्रत्येक ६-६ महिनामा विस्तारित बैठक ३-३ महिनामा समितिका पदाधिकारीहरुको भेला र १-१ महिनामा नियमित बैठकहरुको आयोजना गरी माचहरुलाई योजनावद्धरुपमा परिचालन गरिने छ ।
ग राष्ट्रिय भेलामा प्रतिनिधिहरु
राज्य र जिल्ला समितिका सदस्यहरु र सोभन्दातल निर्वाचन क्षेत्र नगर/गाउँ र वडा समितिहरुका भ्याटलपोष्टका सदस्यहरु प्रतिनिधि हुनेछन र अरुसबै संगठित र साधारण सदस्यहरु प्ार्यवेक्षकको रुपमा सहभागि हुनेछन ।
जिल्ला निर्वाचन क्षेत्र नगर÷गाउँ र वडा भेलाहरुमा संगठित सदस्यहरु प्रतिनिधि र साधारण सदस्यहरु पर्यवेक्षकको रुपमा प्रतिनिधित्व गर्नेछन ।
घ समन्वय समिति जिल्ला निर्वाचन क्षेत्र नगर/गाउँ र वडा समितिहरुमा भ्याटल पोष्टमा अध्यक्ष १ उपाध्यक्ष १ सचिव १ सह सचिव १ र कोषाध्यक्ष १ रहनेछन ।
ङ सागठानिक काम लाई छिटो छरितो चुस्त दुरुस्त पार्नका लागि केन्द्र राज्य जिल्ला र आवश्यकता अनुसार निवार्चन क्षेत्र सम्म सिङ्गो समितिको संख्याको एक तिहाई वाट नवढाइकन सचिवालय गठन गर्न सकिने छ ।

७ आर्थिक नियामावली निम्नअनुसार हुनेछ ।
क गणतान्त्रिक सम्पर्क माच सम्वन्वय समिति राज्य समिति जिल्ला समिति निर्वाचन क्षेत्रिय समिति नगर÷गाउँ र वडा समितिलेहरुले आम्दानी खर्चको लिखत लेखा राख्ने र ६-६ महिनामा हिसाब अनुमोदन गराउन पर्ने छ ।
ख साधारण सदस्यता सुल्क मासिक कोटा र केन्द्रिय योजना देखि वाहेकको अन्य आम्दानीहरुको श्रोत निश्चित दायराभित्र रहेर समन्वय समिति भन्दा तल राज्य जिल्ला हरुले ६०÷४० प्रतिसतको नीतिअनुसार परिचालन गर्न पाउने छन् ।
८ अनुशासन
वैचारिक राजनीतिक आर्थिक र साँस्कृतिक रुपमा सम्पर्क माचको निति निर्णय र कार्यक्रम मा आच पुग्ने ढङ्गले कमजोरि गर्ने समन्वय समितिको सदस्य देखि गाउँ समिति सम्मका सदस्यहरु लाई गल्तीको स्थर र प्रकिति हेरि आत्म आलोचना लिखित आलोचना र आलेचना चेतावनी निलंवन र साधारण सदस्यताबाट समेत निस्काशन गर्न सकिने छ । संगठित सदस्यको हकमा निलम्वनको अवधि ३ महिनाको हुनेछ । सम्वन्धीत साथिको गल्तीप्रतिको पक्षतापको इस्प्रिटलाइ हेरि निलम्वन अवधि घटाउन सकिने छ ।
गणतान्त्रिक सम्पर्क माच सम्वन्वय समिति नेपालको आधारभुत निवामावली २०६६ वैशाख ५ गतेको भेलावाट लागु भएको छ ।